भरपर्दो शान्ति, सुरक्षा एवं सुव्यवस्था कायम गरी विधिको शासन एवं प्रविधिमैत्री वातावरण श्रृजना गरी शासकीय प्रवन्ध मिलाउनु यस मन्त्रालयको लक्ष्य रहेको छ। उद्देश्य शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने। नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण एवं सम्बर्धन गर्ने । पारदर्शिता तथा सुशासनको लागि सूचना प्रबवधिमैत्री शासन ब्यवस्था संचालन गर्ने । प्रदेश सरकारको लागि आवश्यक पर्ने कानूनहरुको निर्माण गरी लोकतन्त्रको संरक्षण र कानूनी राज्यको स्थापना गर्ने ।